काठमाडौं - मानव अधिकारकर्मी कृष्ण पहाडीलाई पक्राउ परेका छन् ।

मंगलबार दिउँसो राजधानीको लैनचौरस्थित भारतीय दूतावास अगाडि भारतले गरेको भूमि अतिक्रमणको विरोधमा प्रदर्शन गर्न पुगेका पहाडीलाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तै अधिकारकर्मी उत्तम पुडासैनी लगायत अरु एक दर्जन अधिकारकर्मी पनि पक्राउ परेका छन् । भारतीय हस्तक्षेपको बिरूद्धमा भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा उनीहरूलाई गिरफ्तार गरेको हो ।