राजपाको निर्णयप्रति योगेशको ध्यानाकर्षण
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा)लाई समय, सन्दर्भ र राष्ट्रिय भावनालाई बोक्न नसकेकोप्रति ध्यानाकर्षण गराएका छन् ।
मंगलबार राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवको संयोजकत्वमा बसेको बैठकले संविधान दिवसका दिनलाई विरोध दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।
राजपाको उक्त निर्णय पश्रचात् मन्त्री भट्टराईले ट्विट गर्दै राजपालाई समय, सन्दर्भ र राष्ट्रिय भावनालाई बोक्न नसकेकोप्रति ध्यानाकर्षण गराएका हुन्र ।
उनले ट्विटरमा लेखेका छन्, 'बारामा निर्माण हुने अन्तरास्ट्रिय बिमानस्थलका बारेमा राजपाको निर्णयको पहिलो बुंदाको भावनाप्रति सम्मान ब्यक्त गर्दछु भने दोश्रोले समय, सन्दर्भ र राष्ट्रिय भावनालाई बोक्न नसकेकोप्रति राजपाको ध्यानाकर्षण गर्दछु ।'
संविधान संसोधनको मुद्दा सम्बोधन नभएकोले राजपा नेपालले विगतमा संविधान जारी भएको मिति असोज ३ गतेलाई विरोध दिवसको रुपमा मनाउँदै आएकोमा सो कार्यलाई निरन्तरता दिदै आगामी असोज ३ गते देशव्यापी रुपमा विरोध दिवस जनाउने निर्णय गरेको राजपाको विज्ञप्तीमा उल्लेख छ।
फेसबुक पेज Like गर्नुहोस