सवारी लाइसेन्सको समस्या समाधान उन्मुख छ : यातायात मन्त्री
खबर एक्सप्रेस
२०८०-१०-०७ ०४:०० मा प्रकाशित
Total Shares: 110
काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी लाइसेन्सको समस्या समाधान उन्मुख रहेको बताएका छन् । आइतबार मन्त्रालयमा प्रदेश सरकारका भौतिक मन्त्रीहरुसँगको समन्वय बैठकमा बोल्दै उनले पुरानो ठेक्का ट्र्याकमा ल्याइएको र अब ६ लाख कार्ड तत्काल छपाइमा जान लागेको दाबी गरे ।
कुल पेन्डिङ १४ लाख कार्ड मध्ये पहिलो ६ लाख तत्काल छापिने र अर्को ६ लाख क्रमशः छपाइ गर्ने गरी ट्र्याकमा लिइएको उनले बताए । साथै १६ लाख नयाँ कार्ड छपाइका लागि ठेक्का प्रक्रिया अगाडि बढेको र यसले लाइसेन्समा रहेको समस्या स्थायी रुपमा समाधान हुने उनले दाबी गरे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस