आफूविरुद्धकाे अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकालाई मन्त्री पद
खबर एक्सप्रेस
२०७८-०१-०६ ०४:०८ मा प्रकाशित
Total Shares: 247
काठमाडौं - आफुविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् ।
सोमबार आफुविरुद्ध ४२ जना सांसदले हस्ताक्षर गरेर अविश्वास प्रस्ताव दर्ता गरेको केही बेरमै मुख्यमन्त्री पोखरेलले जसपाका सांसदहरुलाई मन्त्रीमा समेटेका हुन् ।
अविश्वास प्रस्ताव दर्ता भएपछि माओवादीका दुई जना मन्त्रीले सोमबारै राजीनामा दिए लगत्तै जसपाका तर्फबाट सांसदहरु विजय यादव, सन्तोष पाण्डे, सुमन रायमाझी, कल्पना पाण्डेले मन्त्रीलाई मन्त्री बनाइएको हो । उनीहरुको आज सपथ ग्रहण कार्यक्रम रहेको छ ।
तर, विजय,सन्तोष र सुमनले अविश्वास प्रस्तावमा समेत हस्ताक्षर गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस