काठमाडौं - गायिका एलिना चौहानले सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छन् ।

काठमाडौं जिल्ला अदालतमा गायिका चौहानले पति विष्णु सापकोटालाई विपक्षी बनाएर सम्बन्धविच्छेद मुद्दा दायर गरेकी हुन्।

झापाकी एलिना र बागलुङका विष्णुले गत वैशाखमा विवाह गरेका थिए। एलिनाका पति अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्। विवाहपछि पतिसँगै अस्ट्रेलिया गएकी एलिना दसैंअघि नेपाल फर्किएकी थिइन्।

उनले माना चामल र अंश हक दाबी छोडेर सम्बन्धविच्छेद मात्रै गरी पाउ भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन्।

पतिले अनेक शंका-उपशंका गरेको र चरित्रमाथि नै प्रश्न उठाएको उनको आरोप छ ।