काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सर्वोच्च अदालत पुगेको छ । 

गत २८ फागुन र त्यसयता पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका निर्णय कार्यान्वयन रोक्न र ‘गैरकानुनी कारबाही’को बाटो बन्द गर्न माग गर्दै नेपाल पक्ष सर्वोच्च पुगेको हो । 

नेकपाका नेता एवं सांसद माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र  घनश्याम भुसालले ओली, महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुख, संसद सचिवालयलाई विपक्षी बनाएर रिट तयार गरिएको छ । यद्यपी, सो रिट दर्ता भने भैनसकेको स्रोतले बतायो ।