काठमाडौं - अछाममा पहिरोले घर पुरिंदा दुई जनाको मृत्यु भएको छ । ७ जना बेपत्ता भएका छन् ।

तुर्माखाद गाउँपालिका-५ काँडामा पहिरोले दुई घर पुरिँदा बेपत्ता भएका ९ जनामध्ये २ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । 

बाँकी बेपत्ताको खोजीकार्य भैरहेको जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत मिनराज आचार्यले जानकारी दिए । बेपत्ताको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा खटेका छन् ।