आन्दोलनका नाममा विद्यालय बन्द गरे काठमाडौं महानगरले शिक्षकलाई कारबाही गर्ने
खबर एक्सप्रेस
२०८०-०६-०३ ०२:३१ मा प्रकाशित
Total Shares: 134
काठमाडौं - काठमाडौं महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने निर्णय गरेको छ।
प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै बिहीबारदेखि सरकारी शिक्षकहरूले विद्यालय बन्द घोषणा गरेका छन्। तर, महानगरपालिकाले विद्यालय बन्द भए अस्वीकार्य हुने निर्णय गरेको छ।
विद्यालय बन्द भए प्रधानाध्यापक र विद्यालयमा हाजिर नहुने शिक्षकलाई कारबाही गर्ने महानगरको निर्णय छ। शिक्षकले तोकिएको आचारण विपरीत काम गरे त्यसलाई निरुत्साहित हुने गरी कारबाही गरिने महानगरले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस