काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७२ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार १७२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ४९ हजार ९५४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १८९३ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७२ प्रतिशत संक्रमित निको भएका छन् ।

हाल नेपालमा १७ हजार ४१४ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ८ हजार २२८ जना रहेका छन् । होम आइसोलेशनमा रहनेको संख्या ९१८६ छ । अहिले क्वारेन्टाइनमा ७ हजार १०४ रहेका छन् । आज ९ हजार १४९ जनाको पिसिआर परिक्षण गरिएको छ ।