के छ सरकारका साझा न्यूनतम कार्यक्रममा ?
काठमाडौं - सत्तारुढ दलका नेताहरू सहभागी कार्यदलले शुक्रबार ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम तथा सरकार सञ्चालनको कार्यविधि र आचारसंहिता’ बुझाएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा कार्यदलका संयोजक पूर्णबहादुर खड्काले शीर्ष नेताहरूलाई साझा न्यूनतम कार्यक्रम बुझाएका हुन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधव नेपाल पक्षको समर्थनमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारले कोभिड १९ को महामारीबाट उत्पन्न मानवीय संकटको समाधानलाई मुख्य प्राथमिकतामा राखेको छ । न्यूनतम साझा कार्यक्रममा दलहरूबीच सहमतिका आधारमा संविधान संशोधनका लागि पहल गर्ने, संघीयता कार्यान्वयन तथा प्रदेश र स्थानीय तहको सबलीकरण गर्नेलगायतका विषय समेटिएका छन् ।
सबै नागरिकलाई आउँदो चैतमसम्म कोरोनाविरुद्धको खोप लगाइने, एयर एम्बुलेन्ससम्मका कुरा न्यूनतम साझा कार्यक्रममा समेटिएका छन् ।
फेसबुक पेज Like गर्नुहोस