बजेट कार्यान्वयन हुन्छ, कुनै शंका नगर्नुस् : अर्थमन्त्री पौडेल
काठमाडौं - नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट कार्यान्यन हुने बताएका छन् । शनिबार गरिएको बजेट भाषणपछि विभिन्न सामाजिक सञ्जाल तथा केही राजनैतीक दलहरुको टिका टिप्पणी भएपछि अर्थमन्त्री पौडेलले शंका नगर्न आग्रह गरेका हुन् ।
आगामी आर्थिक वर्ष २०७८–७९ को लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटको सम्बन्धमा आइतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्ने योजना, प्रतिवद्धता र संकल्पकासाथ बजेट आएको स्पष्ट पारेका छन् ।
‘यो बजेट केबल सुनाउनका लागि होइन कार्यान्वयन गर्नका लागि बजेटमा उल्लेख गरिएका लक्ष्य हासिल गर्नका लागि ल्याइएको हो भन्ने म विश्वास दिलाउन चाहन्छु, कोभिड महामारीको नियत्रण रोकथाम र उपचारमा नै केन्द्रित हुनुपर्थ्यो, त्यसै अनुरुप बजेट केन्द्रित गरिएको छ, कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना कार्यक्रम कार्यान्वयन गर्छौँ ।’
मन्त्री पौडेलले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने विषयमा बजेट केन्द्रित भएको र ती समस्या समाधानका लागि स्पष्ट योजना र दृष्टिकोणका साथ प्रस्तुत भएको बताए। आर्थिक क्षेत्रमा देखिएका चुनौतिको सामना गर्दै अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउदै सम्मृद्धिको सपना साकार पार्ने प्रतिवद्धता पनि उनले जनाए ।
भोलिदेखि नै बजेट कार्यान्वयनका विषयमा छलफल अघि बढाउने र कार्यान्वयको अभियानलाई तीव्रता दिएर अघि बढ्ने उनले बताए। ‘यो सरकारले बजेट कार्यान्वयन गर्छ। यसमा दुविधा राख्नुपर्ने छैन’ उनले भने । सरकारले चुनावका लागि आवश्यक बजेट विनियोजन गरेको र स्वतन्त्र निश्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न सम्पुर्ण सामर्थ्य परिचालन गरिने पनि मन्त्री पौडेलले बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस