अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु
खबर एक्सप्रेस
२०७६-१२-२९ १२:४० मा प्रकाशित
Total Shares: 2154
जाजरकोट - सुत्केरी भएको छ घण्टासम्म निरन्तर रक्तश्राव हुँदा डोल्पा ठुलीभेरी नगरपालिका–६ दुरगाउँ डोल्पाकी २२ वर्षीया लालुकुमारी रोकायको मृत्यु भएको छ ।
शुक्रबार बेलुकीसम्म सुत्केरीको ज्यान बचाउन धेरै प्रयास गरिएको र नजिकमा स्वास्थ्य संस्थासमेत नहुँदा बचाउन नसकिएको स्थानीयवासी लक्ष्मी कार्कीले जानकारी दिइन् ।
असुरक्षित रूपमा घरमै सुत्केरी भएकी रोकायलाई स्थानीय स्वास्थ्यकर्मी हरिबहादुर रोकायले सामान्य प्राथमिक उपचार गरेपनि बचाउन नसकिएको कार्कीले जानकारी दिए ।
मृतक रोकायले तेस्रो बच्चा जन्म दिएकी थिइन् । आमाको मृत्यु भए पनि छोरी स्वास्थ र राम्रो भएको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस