काठमाडौं - प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिबाट राजीनामा दिएका रामहरि खतिवडा संसदीय सुनुवाइ समिति (संयुक्त) मा पुगेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उपसभामुख इन्दिरा रानामगरले खतिवडालाई संसदीय सुनुवाइ समितिमा पठाउन गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

बिहीबार बसेको प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठकमा सभामुख देवराज घिमिरेले उक्त प्रस्ताव गरेका थिए ।

‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा छेडखानी भएको घटनामा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले नैतिक जिम्मेवार ठहर्‍याएपछि खतिवडाले राजीनामा दिएका थिए ।