अभिनेता सुनिल थापाको पोस्टमार्टम रिपोर्ट: मृत्युको कारण हृदयघात
खबर एक्सप्रेस
२०८२-१०-२५ १२:०६ मा प्रकाशित
Total Shares: 17
काठमाडौं - चर्चित अभिनेता सुनिल थापाको निधन हृदयाघातबाट भएको रिपोर्ट आएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आज बिहान शवको पोस्टमार्टम भएको र पोस्टमार्टमले थापाको निधन हृदयाघातबाट भएको देखाएको जनाइएको छ ।
हृदयाघात भएर मुटुको नसा ब्लक भएका कारण मृत्यु भएको देखिएको अस्पताल स्रोतले जनाएको छ ।
पोस्टमार्टम सकेर उनको शव अहिले अस्पतालबाट निकालेर श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्ड लगिँदै छ ।
शनिबार बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।
त्यहीँ उपचारका क्रममा ६८ वर्षीय थापाको निधन भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस