ठूलो दुर्घटनाबाट जोगिए कांग्रेस उपसभापति धनराज गुरुङ
खबर एक्सप्रेस
२०७९-०३-१६ ११:०६ मा प्रकाशित
Total Shares: 217
काठमाडौं - नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटना हुनबाट जोगिएका छन् ।
रामेछापमा गोगनेमा आज बिहीबार बिहान उपसभापति गुरूङसहित पाँच जना सवार बा १९ च १८३९ नम्बरको स्कारपियो गाडी ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।
गाडी रामेछापको गोगनेमा सडक किनारबाट थोरै तल झरेको छ । तर अगाडि ढुंगाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको उहाँले उहाँले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस