काठमाडौं, एजेन्सी - छिमेकी राष्ट्र भारतमा कोरोेना संक्रमितको संख्या फेरि बढ्न थालेको छ ।

भारतमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८७ हजार २२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

यस्तै यसको संक्रमणबाट गत २४ घण्टामा ६० जनाले ज्यान गुमाएका छन् । उक्त अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २० हजार ४५२ रहेको छ । 

भारतमा हाल २ लाख ८० हजार बढी सक्रिय संक्रमित छन् । हालसम्म भारतमा कोरोनाबाट ४ लाख ८२ हजार बढीले ज्यान गुमाइसकेका छन् ।