सरकारले विदेशमा रहेका नेपालीलाई समयमै उद्धार गर्छ : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको कारण विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने बताएका छन् ।
सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै उनले विदेशमा चरम समस्यामा परेका र स्वदेश फर्किनुपर्ने अवस्थामा रहेका नेपालीलाई फर्काउने छिट्टै विस्तृत योजना तत्काल जारी गर्ने बताएका हुन् ।
‘सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई समयमै उद्धार गर्छ,’ उनले भने, ‘आफ्ना नागरिकप्रति सरकार संवेदनशील छ। निश्चिन्त रहन म आग्रह गर्छु।’
छिमेकी मित्रराष्ट्र भारतबाट घर फर्किनेहरूलाई विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार सीमा पार गर्नुअघि अनिवार्य परीक्षण गर्नुपर्नेमा त्यसो नभएका कारण समुदायस्तरमा महामारी फैलिएको प्रधानमन्त्री ओलीले बताए ।
फेसबुक पेज Like गर्नुहोस