काठमाडौं - यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) ‘बेष्ट जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर’ बाट सम्मानित भएको छ । भारतको कलकत्तामा भएको इन्डियन चेम्बर अफ कमर्सले यूनाइटेडलाई उक्त अवार्डबाट सम्मानित गरेको हो ।

उक्त अवार्ड ग्रहण गर्नका लागी कम्पनीको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल उक्त कार्यक्रममा उपस्थित भएकी थिइन् । 

विश्व विख्यात प्राप्त चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्लुसीले स्वतन्त्र रुपमा मूल्यांकन गर्दा विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादन गर्न तथा निर्जीवन बीमा क्षेत्रमा महत्वपूर्ण योगदान दिन सफल यूनाइटेड इन्स्योरेन्सले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । कम्पनी संचालनको २८ औं वर्षमा कम्पनीले गत एफवाई २०२०२१ मा सर्वप्रथम १ अर्ब क्लबमा आफूलाई सामेल गराउन सफल भएको थियो।

कम्पनीलाई सफलताको दिशामा अग्रसर गराउन सफल प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले इन्डियन चेम्बर अफ कमर्सलाई धन्यवाद दिदैँ उक्त सफलता हात पार्नका लागी साथ दिने कम्पनीको संचालक समितिका अध्यक्ष, संचालक समिति, शेयरधनी महानुभावहरु, ग्राहक महानुभावहरु, नियामक निकाय बीमा समिति तथा कोविडको समयमा समेत अहोरात्र मिहिनेत गर्ने आफ्ना कर्मचारी साथीहरु तथा सञ्चार जगत लगायत सबैमा कृतज्ञता सहित हार्दिक धन्यवाद ज्ञापन गदै आगामी दिनहरुमा समेत सबैबाट साथ र सहयोग प्राप्त गर्ने आशा तथा विश्वास व्यक्त गरिन् ।