सर्वोच्चको न्यायाधीश बन्न सुवेदीको योग्यता नपुग्ने सर्वोच्च बारको निष्कर्ष
काठमाडौं - सर्वोच्च अदालत बार एशोसियशनले सर्वोच्चको न्यायाधीश पदमा सिफारिस नहकुल सुवेदीको योग्यता नपुग्ने निष्कर्ष निकालेको छ । सर्वोच्च बारले शुक्रबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।
बारले सो सिफारिस संविधानको भावना र मर्मविपरित रहेकोसमेत बताएको छ ।
‘संविधानको धारा १२९ (५) मा कानूनमा स्नातक उपाधि प्राप्त गरी उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको पदमा कम्तीमा ५ वर्ष काम गरेको नेपाली नागरिक सर्वोच्च अदालतको न्यायाधीशको पदमा नियुक्तीको लागि योग्य मानिने छ भन्ने व्यवस्था गरिएको छ,’ बारले भन्यो, तर, ‘न्यायपरिषदबाट मिति २०७७ फागुन १८ मा सिफारिस गर्दाका मितिसम्म उहाँ नहकुल सुवेदीले मुख्य न्यायाधीशको पदमा रहेर ३ वर्ष २ महिना ३ दिन मात्र काम गरेको देखिन्छ, यसर्थ उक्त नियुक्तिले संविधानको भावना र मर्मविपरित भएको यस बारको ठहर छ।’
बारले नियुक्तिबारे गम्भीर हुन आग्रह गर्दै संसदीय सुनुवाइ समितिलाई ज्ञापन पत्र बुझाएको छ ।
फेसबुक पेज Like गर्नुहोस