काठमाडौ - सेन्चुरी बैंकको कर्जामा अनियमित तरिकाले लगानी गरेको भन्दै दुई  महिना अगाडी तत्कालिन संचालक समितिका  अध्यक्ष राजेश कुमार श्रेष्ठ सहितका सञ्चालकहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । 

ब्यूरोको अनुसन्धानबाट उक्त कर्जामा संचालकहरु दोषी  नदेखिएपछि संचालकहरुलाई मुद्दा नचलाउने निर्णय भयो कर्मचारीलाई मात्र मुद्दा चलाउन सरकारी वकिल कार्यलयमा फायल पठाए तर  प्रभु बैंकका तत्कालिन कर्मचारी र हालको उच्च व्यवस्थापनले मुद्दा चल्नुपर्ने भन्दै सरकारी वकिल कार्यालय लाई दबाब सिर्जना गरि फाइल सिआइबिमा फिर्ता पठाएको छ ।

संचालकको संलग्नता कुनै पनि बैंक वित्तीय संस्थामा कर्जा स्वीकृति गर्दा प्रमुख कार्यकारी अधिकृत  लगायत उच्च व्यवस्थापन  कर्मचारीहरुको सिफारिसलाई सत्य मानी निर्णय गर्दछ संचालक समितिले कर्जासंग सम्बन्धित ऋणीको व्यापार, धितो इत्यादी को स्थलगत निरिक्षण गर्दैन र गर्न पनि पाउदैन ऋणी संग पूर्ण विवरण लिने, वास्तविक अवस्थाको परिक्षण गर्ने, धितो मुल्यांकन कर्ता बाट मूल्यन्कन गराई सो को चेकजांच गर्ने, धितो निरिक्षण गर्ने, व्यापार को स्थलगत अनुगमन गर्ने इत्यादी सम्पूर्ण कार्य गरि व्यवस्थापन लाई ठिक लागेको अवस्थामा मात्र यी सम्पूर्ण विवरण सहित संचालक समिति लाई स्वीकृति को लागि सिफारिस गर्ने जिम्मेवारी व्यवस्थापनको हुन्छ । सो विवरण र सिफारिसलाई पूर्ण सत्य आधार मानी कर्जा स्वीकृत वा अस्वीकृत गर्ने निर्णय संचालक समिति ले गर्दछ अब कर्जा स्वीकृति को आधार नै व्यवस्थापनको सिफारिसलाई मानिन्छ भने कर्जामा अनियमितता हुँदा सिफारिस कर्ताहरु जिम्मेवार हुने कि संचालक समिति ? कर्मचारीहरूले आफू उम्किनका लागि सञ्चालक समितिले दबाब दिएको भन्ने बयान दिएको आधारमा सञ्चालकहरुलाई फसाउन अनेक अनेक प्रयास भइरहेको स्रोतको दाबी छ।

सेन्चुरी बैंकको उक्त कर्जा को फाइल अध्ययन गर्दा व्यवस्थापनको सिफारिसलाई र व्यवस्थापनले पेश गरेको अन्य विवरणलाई आधारमानी स्वीकृति गरेको देखिन्छ त्यसैले संचालक समितिको कसुर नभएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको निचोड  स्वभाविक थियो स्रोतका अनुसार अहिले सेन्चुरी बैंकका पूर्व सञ्चालकहरूलाई फसाउन प्रभु बैंकका उच्च व्यवस्थापन नै लागि परेको भनाइ छ । प्रभुसँग मर्ज हुन आउनेहरू विगतदेखि नै कसैको पनि राम्रो अवस्था भने छैन सेन्चुरी बैंकका कर्मचारीहरूलाई अहिले  प्रभु बैंकले हेर्ने नजरै फरक छ । यस् विषयमा सिआइबीले कसरी काम गर्छ हेर्न बाकी छ ।