जेनजी आन्दोलनमा जलेको घरमा पुगिन् पूर्वराष्ट्रपति भण्डारी
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 9
काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जेनजी आन्दोलनका क्रममा जलेको घरमा पुगेकी छन् ।
बूढानीलकण्ठस्थित भंगालमा रहेको घर आन्दोलनकारीहरूले भदौ २४ गते साँझ आगो लगाएका थिए।
घरमा प्रदर्शनकारीहरूले आगजनी र तोडफोड सुरू गर्दा पूर्वराष्ट्रपति भण्डारी भित्रै थिइन्। घरमा आगो सल्किने अवस्था आएपछि उनलाई सेनाले उद्धार गरेको थियो।
राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारीले रेट्रोफिटिङ गरेर उक्त घरमा सरेकी थिइन् ।
आन्दोलन भएको करिब छ महिनापछि भण्डारी आफ्नो निवास निरीक्षण गर्न त्यहाँ पुगेकी हुन्।
उनको घर लगभग सबै जलेर अहिले बस्न लायक अवस्थामा छैन। हाल उनी बालुवाटारस्थित छोरीको निवासमा बस्दै आएकी छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस