काठमाडौं - प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक सूचना टाँसेर स्थागित भएको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख पदको उम्मेदवार टुङ्गो लगाउन नसक्दा बैठक स्थगित भएको स्रोतले बताएको छ ।

आज शुक्रबार १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर ६ दिनका लागि स्थगित भएको हो । अब अर्को बैठक पुस १६ गते बोलाइएको छ । यसअघि पुस ४ गते बैठक बसेको थियो ।

सत्तारुढ नेकपामा सभामुख कसलाई बनाउने भन्नेमा विवाद चलिरहेको छ ।