काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुखमा सुनिता डंगोल
खबर एक्सप्रेस
२०८२-१०-०५ ०४:४६ मा प्रकाशित
Total Shares: 45
काठमाडौं - काठमाडौं महानगरपालिकाको उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छन्। मेयर बालेन शाहले राजीनामा दिएसँगै उनले स्वत: कार्यवाहकको जिम्मेवारी पाएकी हुन्।
मेयरले पदबाट राजीनामा दिएपछि स्वत: उपमेयरले कार्यवाहक पाउने स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार उनले जिम्मेवारी पाएकी हुन्।
राजीनामा दिएर मेयर शाह बनस्थलीस्थित रास्वपा कार्यालय पुगेका छन्। कार्यालय पुगेर उनले वरिष्ठ नेताको पदभार समेत ग्रहण गरिसकेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका शाह झापा-५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्ने तयारीमा छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस