जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड, ५ जनाले पाए ११ कित्ता
काठमाडौं - जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आईपीओको बाँडफाँड सम्पन्न गरेको हो ।
सेयर आवेदन दिएकामध्ये १ लाख ८४ हजार ८०१ जनाले १०/१० कित्ताका दरले र ५ जनाले ११/११ कित्ता सेयर पाएका छन् । १८ लाख ३३ हजार ५०७ जनाले भने सेयर पाएनन् ।
असार ११ गतेदेखि सार्वजनिक निष्कासन खुला गरेको कम्पनीको सेयरका लागि २० लाख ६० हजार आवेदकबाट ३ अर्ब ९ करोड १० लाख ५३ हजार रुपैयाँको ३ करोड ९ लाख १० हजार ५०० कित्ताका लागि आवेदन परेको थियो । ६९ हजार ९ जनाको आवेदन रद्द भएको छ ।
लघुवित्तले गत असार ११ गतेदेखि असार १५ गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । र, बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस