काठमाडौं - आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सोमबार पहिलो खेलमा स्कटल्याण्डले इटालीलाई ७३ रनले पराजित गरेको छ ।

सोमबार भारतको कोलकातास्थित इडेन गार्डेन क्रिकेट रंगशालामा स्कटल्यान्डले प्रस्तुत गरेको २०८ रनको लक्ष्य पछ्याउने क्रममा इटाली १६ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ३४ रनमा समेटिएको हो ।