हेलिकप्टरबाट पानी फालेर निभाइँदै नागार्जुन जंगलमा लागेको आगो
खबर एक्सप्रेस
२०७७-१२-२९ ०४:३१ मा प्रकाशित
Total Shares: 473
काठमाडौं - काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगाे नियन्त्रणमा लिन हेलिकप्टरबाट पानी खसालिन थालिएको छ ।
आइतबार दिँउसो लागेको आगाे नियन्त्रणबाहिर गएपछि सिम्रिक एयरको हेलिकप्टरबाट पानी फालेर निभाउने प्रयास भैरहेको निकुञ्ज कार्यालयले जनाएको छ ।
आगो नियन्त्रणमा लिनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निकुञ्जका कर्मचारी खटिएका छन् । तीन वटा दमकलसहित करिब दुई सय जना आगो नियन्त्रणमा खटिएको निकुञ्ज कार्यालयले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस