काठमाडौं - चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। नेपाल भ्रमणमा रहेका जियान्चाओले ओलीलाई बालकोटस्थित उनको निवासमा पुगेर लिउले भेट गरेका हुन्।

भेटवार्तामा एमाले नेताहरू राजन भट्टराई, बिष्णु रिमाल, प्रदिप ज्ञवाली, उषा किरण भण्डारी, अन्जन शाक्य तथा कृशा केसी लगायत सहभागी छन्। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका जियान्चाओले आज ओलीलाई भेटेका हुन्।

लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनालसँगपनि भेट्न कार्यक्रम छ।