भरतपुरमा पर्साका कोरोना संक्रमित पुरुषको मृत्यु
खबर एक्सप्रेस
२०७७-०६-०२ ११:४४ मा प्रकाशित
Total Shares: 209
काठमाडौं - भरतपुरमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
भरतपुर अस्पतालको आईसीयूमा उपचाररत पर्साको हरिहर गाउँपालिकाका ५५ वर्षिय पुरुषको शुक्रबार बिहान १० बजे मृत्यु भएको हो ।
मिर्गौलाको डायलसिस गर्दै आइरहेका ती पुरुषलाई कोरोनाको लक्षणसहित श्वासप्रश्वासमा समस्या आएपछि भदौ १८ गते अस्पताल भर्ना गरिएको थियो । सोहि दिन ती पुरुषमा संक्रमण पुष्टि भएको थियो ।
आईसोलेसनमा राखेर उपचार भैरहेको ती पुरषको स्वास्थ्यमा सुधार नआएपछि २३ गते आईसीयूमा सारिएको थियो । नियमित रुपमा डायलसिस पनि भैरहेको थियो । उपचारको क्रममा शुक्रबार मृत्यु भएको उपचारमा संग्लन चिकित्सकले बताए ।
फेसबुक पेज Like गर्नुहोस