खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै बिक्री गर्ने सरकारको तयारी
खबर एक्सप्रेस
२०८२-११-२८ ०६:०५ मा प्रकाशित
Total Shares: 75
काठमाडौं - सरकारले खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै बिक्री गर्ने तयारी गरेको छ।
खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै बिक्री गर्ने तयारी गरेको हो। यसबारे निर्णय गर्न अहिले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयमा विभिन्न निकायका प्रतिनिधि छलफलमा बसेका छन्।
भारतबाट माग अनुसार नै ग्यास आयात भइरहे पनि बजारमा कृत्रिम अभाव देखिएपछि सरकारले आधा सिलिन्डर (७ दशमलव १ केजी) मात्रै भरेर बिक्री गर्ने योजना बनाएको उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस