काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री शाहले सोमबार दिउँसो ४ बजेका लागि बैठक बोलाएका हुन् ।

यो बालेन नेतृत्वको सरकारको दोस्रो मन्त्रिपरिषद् बैठक हो । उनी चैत १३ गते प्रधानमन्त्री नियुक्त भएपछि सोही दिन पहिलो बैठक बसेको थियो।