काठमाडौं - अष्ट्रेलियामा कोरोना कारण एकैदिन १३ जनाको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म अष्ट्रेलियामा १७५६ जनाको ज्यान गइसकेको छ । त्यस्तै पछिल्लो एक दिनमा ११६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार ८०४ पुगेको छ । जसमध्ये ३१२ जनाको अवस्था गम्भीर रहेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न नियमहरु बनाउँदै आइरहेको छ ।

विस्तारै खुकुलो नियमहरु बनाएको अष्ट्रेलियाले कोरोना भ्याक्सिन कार्यक्रमलाई तीब्र रुपमा अगाडि बढाउँदै आएको छ ।