प्रदेश-१ को प्रदेशसभा बैठक आज बस्दै, अवरुद्ध गर्ने सत्तापक्षको तयारी
काठमाडौं - प्रदेश-१ को प्रदेश सभा बैठक आज बस्दैछ ।
सभामुख प्रदीप कुमार भण्डारीले दिउँसो २ बजेका लागि बैठक बोलाएका छन् । यसअघि गत माघ २५ गते बसेकाे बैठक सत्तापक्षकै सांसदले अवरोध गरेपछि आजसम्मका लागि स्थगित गरिएको थियो।
नेकपाको प्रचण्ड-नेपाल पक्षले मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । आजको बैठकमा मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची छ। तर, आजको बैठक पनि नेकपा ओली पक्षका सांसदले अवरोध गर्ने तयारी रहेको बुझिएको छ।
अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई मुख्यमन्त्री राईले संसदीय दलबाट निलम्बन गरिसकेका छन् । उक्त निर्णय सभामुख भण्डारीले कार्यान्वयन नगरेसम्म संसद चल्न नदिने ओली पक्षको अडान छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस