प्रधानमन्त्री कार्की र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता
काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालस्थित संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन् ।
अन्तरिम सरकार गठनपछि प्रधानमन्त्री कार्की र अमेरिकी राजदूतबीच बिहीबार पहिलो औपचारिक भेटवार्ता भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा उनीहरुबीच आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरिन् ।
सो अवसरमा राजदूत थम्प्सनले अमेरिकी सरकारको तर्फबाट नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै यसअघि जस्तै प्राथमिकताका साथ नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस