काठमाडौं - नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेको छ।
एमालेका खनाल-नेपाल पक्षीय अनेरास्ववियुले सोमबार मूल्यवृद्धिविरुद्ध आयल निगमको बबरमहलस्थित केन्द्रीय कार्यालय घेराउ गरेको हो । विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका प्रदर्शनकारीले प्रदर्शनका क्रममा मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् ।
आयल निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँले बढाएको थियो । मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १ सय ३ रुपैँया पुगेको छ।

.gif)


