प्रधानमन्त्री ओलीले बोलाए संसदीय दलको बैठक
खबर एक्सप्रेस
२०७७-१२-१२ ०३:११ मा प्रकाशित
Total Shares: 535
काठमाडौं - नेकपा एमालेको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठक चलिरहेका बेला पार्टीका सांसदहरूको भूमिकाका बारेमा छलफल गर्न दलको बैठक बोलाएको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।
एमाले पुनःस्थापनापछि तीनपटक दलको बैठक बस्दा पनि माधव नेपाल पक्ष सहभागी भएको छैन । पछिल्लो पटक चैत ७ गतेको बैठक चलिरहेका बेला माधव नेपाल पक्षले बैठकमा आउन नसक्नुको लिखित कारण पठाएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस