फ्लोरेन्टिनासँग रोमा पराजित
खबर एक्सप्रेस
२०७९-०१-२७ ०८:२० मा प्रकाशित
Total Shares: 492
काठमाडौं - इटालीयन सिरी ए अन्तर्गत सोमबार राति भएको खेलमा रोमा पराजित भएको छ । शीर्ष चारको लागि प्रतिस्पर्धा गरिरहेको रोमालाई फ्लोरेन्टिनाले २-० ले पराजित गरेकाे हाे ।
घरेलु टोली फ्लोरेन्टिनालाई जिताउन निकोलास गोन्जालेज र जियाकोमो बोनोभेनटुराले १-१ गोल गरे ।
हारसँगै जोसे माउरिन्होको रोमाले पाँचौ स्थानमा पुग्ने अवसर गुमाएको छ । रोमा ३६ खेलबाट ५९ अंकसहित छैटौँ स्थानमा छ । फ्लोरेन्टिना समान अंकसहित साताैँ स्थानमा छ । जारी लिगमा एसी मिलान शीर्ष स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस