शिवम् सिमेन्टका सीईओ सिन्हाले दिए राजीनामा
खबर एक्सप्रेस
२०७८-०७-२३ ०२:५५ मा प्रकाशित
Total Shares: 248
काठमाडौं - शिवम् सिमेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र सिन्हाले पदबाट राजीनामा दिएका छन् ।
कम्पनी सचिव राजेन्द्रकुमार शर्माका अनुसार सिन्हाले व्यक्तिगत तथा पारिवारिक कारणले कम्पनीमा निरन्तर सेवा गर्न नसक्ने भन्दै पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा सञ्चालक समितिको बैठकले स्वीकृत गरिसकेको छ ।
कम्पनीले नयाँ सीईओ नियुक्तिको प्रक्रिया भने सुरु गरेको छैन ।

.gif)



फेसबुक पेज Like गर्नुहोस