नेपालले जिम्बावे ‘ए’सँग खेल्दै
खबर एक्सप्रेस
२०७९-०१-१७ ०९:१२ मा प्रकाशित
Total Shares: 231
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमले आज शनिबार पाहुना टोली जिम्बावे ‘ए’विरुद्ध प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ९:३० मा टियु मैदानमा सुरु हुनेछ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न लागेको हो । तर, यो सिरिजको अन्तर्राष्ट्रिय मान्यता नहुँदा अभ्यास मानिने छ ।
नेपाल जिम्बावेलाई हराउँदै सिरिजका सुखद सुरुआत गर्ने योजनामा रहेको छ । जिम्बावे पनि नेपाललाई घरेलु समर्थक सामू स्तब्ध पार्न चाहन्छ । जिम्बावे टोलीमा सिनियर टोलीबाट खेलि सकेका ८ खेलाडी सम्मिलित छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस