काठमाडौंं - नेपालमा कोरोना संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक जनाको मृत्यु भएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मृत्यु हुनेमा बझाङ जिल्ला घर भई काठमाडौँ उपत्यकामा कार्यरत जवान थिए । शुक्रवार वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा ती सैनिकको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत असोज ६ गते आइसियूमा राखी उपचार गरिएको थियो । ती सैनिकमा कोरोना संक्रमणको पुष्टि भने ८ गते भएको थियो ।

योसँगै कोरोनाका कारण नेपाली सेनामा कार्यरत् सैनिकको मृत्यु हुनेको संख्या २ पुगेको छ । हालसम्म कुल २ हजार १९७ सेनामा कोरोना संक्रमण देखिएको छ।