नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो
खबर एक्सप्रेस
२०८०-०४-२४ १०:४५ मा प्रकाशित
Total Shares: 159
काठमाडौं - नेपाल टेलिकमले दश लाख मुल्य बराबरको रिचार्ज कार्ड हराएको छ ।
टेलिकमले गाेरखापत्रमा बुधवार एक सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजारवटा रिचार्ज कार्ड हराएको हो । उसका अनुसार ती रिचार्ज कार्ड ढुवानीका क्रममा हराउन पुगेका हुन ।
टेलिकमका अनुसार सी नं ११२२ १२०० १३७८ ०००१ देखि ११२२ १२०० १३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गर्दै सुचना जारी गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस