काठमाडौं - नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ३१.४० प्रतिशत बढि खुद मुनाफा आर्जन गरेको छ ।

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद मुनाफामा वृद्धि भएको जनाएको हो । 

अघिल्लो आवमा २ अर्ब ३३ करोड रुपैयाँ मात्रै खुद नाफा कमाएको बैंकले गत आवमा ३ अर्ब ६ करोड रुपैयाँ आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१ दशमलव ४० प्रतिशत बढी हो।

बैंकको प्रतिसेयर आम्दानी बढेर २४.२६ रुपैयाँ पुगेको छ । पीई रेसियो १८.२६ गुणा र प्रतिसेयर नेटवर्थ घटेर २६३.१९ रुपैयाँमा झरेको छ ।

हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ९.९९ प्रतिशतले बढेर २० अर्ब ६२ करोड रुपैयाँ सञ्चित छ ।

त्यसैगरी, बैंकको निक्षेप १४ दशमलव ९९ प्रतिशत र कर्जा ३० दशमलव २३ प्रतिशत बढेको छ।