काठमाडौं - काठमाडौं उपत्यकामा शुक्रबार बिहान भूकम्पको धक्का महशुस भएको छ । 

शुक्रबार बिहान ७ बजेर ६ मिनेटमा भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त भूकम्प ३.५ म्याग्नेच्यूडको मापन गरिएको छ ।

यो गोरखा भूकम्पकै पराकम्प भएको बताइएको छ । १२ वैशाख २०७२ को विनासकारी गोरखा भूकम्पपछि ५० हजार भन्दा धेरै पराकम्प गइसकेको मापन केन्द्रले जनाएको छ ।