काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं  उपत्यकामा १४९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ११३९  जना, भक्तपुरमा ११३ जना र ललितपुरमा २४१ जना कोरोना संक्रमित भेटिएका छन् ।

देशभर थप ६७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १४५ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।