‘भूमिको अधिकतम प्रयोग गरेर गरिबीको अन्त्य गर्ने सरकारको योजना’
काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिको अधिकतम प्रयोग गर्दै गरिबी निवारण गर्ने सरकारको योजना रहेको बताएकी छन् ।
राष्ट्रिय सहकारी विकास बोर्डले तयार पारेको नेपालको सहकारी क्षेत्रको २५ वर्षे रणनीतिक योजनाको अन्तिम मस्यौदामाथि भर्चुअल छलफलमा उनले गरिबी निवारणका निम्ति सहकारीमार्फत भूमिको अधिकतम प्रयोग गर्नुपर्ने बताइन् ।
मन्त्री अर्यालले गरिब पहिचानको काम मन्त्रालयले गरेको भन्दै अब गरिब लक्षित कार्यक्रम सञ्चालन गरेर मुलुकबाट गरिबी अन्त्य गर्ने समेत बताइन् । “देशभित्र पर्याप्त रोजगारीको सिर्जना गर्ने, गरिब लक्षित कार्यक्रम सञ्चालन गरेर सहकारीमार्फत गरिबहरुको जीवन बदल्नु पर्नेछ,” उनले भनिन् ।
सहकारीमार्फत गरिब लक्षित कार्यक्रम चलाउने गरी योजना बनाउन मन्त्री अर्यालले सहकारी क्षेत्रलाई आग्रह गरिन् । सहकारी क्षेत्र र निजी क्षेत्रसँग सरकारले सहकार्य गरेर मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु-याउनुपर्ने उनको भनाइ रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस