दैलेखको रानीवान केन्द्रविन्दु भएर भूकम्प
खबर एक्सप्रेस
२०७९-११-२९ ०८:३७ मा प्रकाशित
Total Shares: 93
काठमाडौं - दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ६ बजेर ५६ मिनेट जाँदा दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको थियो
फेसबुक पेज Like गर्नुहोस