त्रिकोणात्मक टी–ट्वान्टी सिरिज: डेब्यू खेलमै नेपालको शानदार जित
काठमाडौं - त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले शानदार विजयी सुरुवात गरेको छ ।
शनिबार टियु क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा नेपाल पाहुना टोली नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको हो । जितका लागि १३६ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भएको हो ।
नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले डेब्यू खेलमै उत्कृष्ट अर्धशतक प्रहार गरे । कुशलले ६६ बलमा ५ चौका र ५ छक्कामा कीर्तिमानी ६२ रन प्रहार गरे । आसिफले भने ३८ बलमा कीर्तिमानी ५४ रन बनाउँदै अविजित रे । कप्तान ज्ञानेन्द्र मल्लले अविजित १३ रन जोडे । नेदरल्यान्ड्सका लागि जुलियन डे मेले एक विकेट लिए ।
त्यसअघि टस हारेर व्याटिङको निम्तो पाएको पाहुना टोली नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाउँदै १३५ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि बास डी लीडेले सर्वाधिक ४१ रन बनाए । यस्तै, स्कर्ट एडवार्डसले ३० रन जोडे भने कप्तान पिटार सीलारले २३ रन, एन्टोनियस स्टलले २० रन र म्याक्स ओडिवडले १० रन बनाए ।
बलिङमा नेपालका सन्दीप लामिछानेले २ विकेट लिए । यस्तै, सोमपाल कामी र साहब आलमले १र१ विकेट लिए । आलमको यो टि२० आई कअिरको पहिलो विकेट हो ।
दोस्रो खेलमा नेपालले मलेसियासँग वैशाख ६ मा खेल्ने छ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिम उपाधिका लागि बैशाख ११ गते भिड्नेछन् ।
फेसबुक पेज Like गर्नुहोस