काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २४०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १६८८ र एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो । 

शनिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख १९ हजार ६३५ र एन्टिजेनबाट २५ हजार ५७४ जना पुगेको छ । 

यस्तै, आज थप ३ हजार ६६० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ५३ हजार ३४२ पुगेको छ । निको हुनेको दर ८९.३ प्रतिशत छ । 

आज संक्रमणबाट थप ३४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ८ हजार ६७५ पुगेको छ ।