काठमाडौं - सिन्धुपाल्चोकको हेलम्बुमा मंगलबार साँझ आएको बाढी र पहिरोले ७ जना बेपत्ता भएका छन् ।  बेपत्ता हुनेको संख्या बढ्नसक्ने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । 

बेपत्तामध्ये केहीको पहिचान खुलेको छ भने केहीको खुल्न बाँकी रहेको छ । 

बाढीले हेलम्बुमा ३ ओटा र मेलम्चीमा एउटा पक्की पुल बगाएको छ । साथै, ३ ओटा झोलुङ्गे पुल पनि बाढीले बगाएको छ ।

मेलम्ची खानेपानीको तिम्बुमा रहेको बाँध बगाएको छ । तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारमा ठूलो क्षती भएको  पोखरेलले बताए ।