काठमाडौं - तपाईहरु सबैलाई थाहा भएको कुरा नै हो की  भगवान शिवको सबैभन्दा प्रिय महिना श्रावण हो । श्रावण महिनामा भगवान शिवको आराधना गर्नाले भक्तहरुमा आफ्नो मनकामना पूरा हुने कुरा विश्वास गरिन्छ ।  श्रावण महिनामा पर्ने सम्पूर्ण सोमबारहरु व्रत तथा विभिन्न पूजाहरुका लागि एकदमै महत्वपूर्ण कुरा हो र रही पनि आएको छ ।

श्रावणको सोमबारमा शिवको व्रत लिनेलाई भगवान शिवको बिशेष कृपा समेत पाउने गर्दछन् । त्यस्तै श्रावणमा विधि विधानका साथ भगवान शिव तथा माता पार्वतीको पूजा गर्नाले आफूले चाहेको तथा रोजेको जीवनसाथी पाइने तथा आशिर्वाद समेत लिइन्छ । यस श्रावण महिनामा भगवान शिवको मन्दिर तथा देवालयमा समेत गएर आराधना गरिन्छ ।

 श्रावण महिनामा शिवको पूजा तथा सोमबार व्रत लिएमा मिल्छ यस्तो लाभ 

१ सोमबार व्रतको संकल्प श्रावण महिनामै लिएमा सबैभन्दा उत्तम समेत हुन्छ । यो व्रत श्रावण महिना बाहेक अन्य महिनामा समेत भगवान शिवको नाममा राख्न सकिन्छ । 

२.श्रावण महिनामा शिवको आराधना गर्नाले कण्डलीमा आयू तथा स्वास्थय बाधा होस् या मानसिक स्थितिको समस्या होस् सबैमा छुटकारा पाइन्छ । 

३. सोमबारको दिन चन्द्रग्रहणको दिन हुने भएकाले तथा चन्द्रमाको नियन्त्रण भगवान शिव हुन यस कारण यस दिन पूजा गर्नाले केवल चन्द्रमा तथा भगवान शिवको कृपा पाइन्छ । 

भगवान शिवलाई प्रसन्न गराउन यसरी गर्नुहोस् आराधना तथा पूजा 

१.श्रावण महिनामामा दिनहुुँ २१ बेलपत्रमा  चंदले  ‘ऊं नमः शिवाय’ लेखेर शिवलिंग मा चढाउनलो भक्तहरु सबैको मनकामना पूरा हुन्छ । 

२.वैवाहिन जीवनमा आउने बाधा अड्चनलाई टाढा राख्नको लागि श्रावण महिनामा दिनहँु शिवलिंगमा केसरसँग मिलाएर दुध चढाएमा यसले वैवाहिक जीवनमा आउने सबै बाधालाई हटाउँछ भन्ने विश्वास समेत गरिन्छ । 

३.घरमा हुने नकारात्मक शक्तिबाट बच्नको लागि श्रावणमा सधै घरमा गंगाजल छर्कने तथा धूप जलाउनुपर्छ । 

४.श्रावणमा गरिबहरुलाई खाना खुवाउने तथा सहयोग गर्नाले शिवजी प्रसन्न हुन्छन् र यसबाट घरमा जतिबेला पनि अन्नको कमी हुदैन् र पितृहरुमा समेत शान्ति मिल्छ । 

५.श्रावण महिनामा दिनहुँ बिहान उठेर स्नान आदि गरेर मन्दिर तथा घरमा नै बसेर भगवान शिवको जल अभिषेक गर्नाले तथा यसका साथै  ‘ऊं नमः शिवाय’ मन्त्रको जप गर्नुपर्दछ । 

६.आम्दानी बढाउनका लागि श्रावण महिनामा कुनैदिन घरमा पारद शिवलिंगको स्थापना गरेमा तथा यसका साथै विधिपूर्वक पूजा तथा आराधना समेत गर्नुपर्दछ । यस सयममा १०८ पटक यो मन्त्र जप गर्नुपर्दछ । जुन मन्त्र यसप्रकार छ ‘ऐं ह्रीं श्रीं ऊं नम: शिवाय: श्रीं ह्रीं ऐं’।

७.प्रत्येक मन्त्रका साथै बेलपत्र शिवलिंगमा चढाउनुपर्छ । बेलपत्रको तिन दलमा नै रातो चन्दनमा क्रमश ऐं, ह्री, श्रीं लेखेर अन्तिम १०८ वा बेलपत्रको शिवलिंगमा चढाएपछि निकाल्ने र यसलाई घरको पूजा स्थानमा राखेर दिन प्रतिदिन पूजा गर्नुपर्दछ । 

८.सन्ता प्राप्तिका लागि श्रावणमा गहुँको आटाबाट ११ शिवलिंग बनाउने र प्रत्येक शिवलिंगको शिव महिम स्त्रोतद्वारा ११ पटक जल अभिषेक गर्ने । 

९.श्रावण महिनाका कुनै सोमबार पानीमा दूध वा कालो तिल हालेर शिवलिंगको अभिषेक गर्नाले बिरामीलाई टाढा राख्नुका साथै अभिषेकको लागि तामाको भाँडा छाडेर कुनै पनि धातुको उपयोग गर्न सकिन्छ । 

१०.श्रावणमा कसैको नदी या तालमा गएर माछालाई खुवाएमा तथा भगवान शिवको ध्यान गरेमा तपाईले चाहेको मनको इच्छा प्राप्त हुन्छ । 

(लेखक खबर एक्सप्रेस टिभी डटकमका संवाददाता हुन् । उनी धार्मिक,सामाजिक,राजनीतिक,साहित्य विषयमा कलम चलाउँछन् । )