काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले एक सय ६५ वटा सडकको एकैपटक शिलान्यास गरेका छन् । 

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबिच प्रधानमन्त्री ओलीले डिजिटल रुपमा स्वीच थिचेर सडक शुभारम्भ गरेका हुन् । हरेक संघीय निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको दरले एक सय ६५ वटा सडकको एकैपटक शिलान्यास गरिएकाे हाे । 

यी शिलान्यास गरिएका सडकको कुल लम्बाई २ हजार २ सय १० किलोमिटर रहेको छ । उक्त सडक निर्माणमा ५७ अर्ब १० करोड रुपैयाँको लागत हुने र तीन वर्षभित्र सम्पन्न हुने बताइएको छ । 

शिलान्यास कार्यक्रममा मन्त्रीहरु तथा प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय सभा सदस्यहरुको उपस्थिति थियो ।